फूल बिनाको डाली भयो|


बैश छदा सबै मनको माली भयो |
बैश ढल्दा फूल बिनाको डाली भयो|

थाहै नभै समयले नेटो काट्दा कठै !
जिन्दगी नै बेमौसमको बालि भयो |

कस्लाई दिउ दोष, उड्यो होस चेत
बोल्न वाक्य छैन भण्डार खाली भयो|

हास्दै पनि रुदै, जिबन अन्त्य हुदा
न उनीको साथ न आफ्नो साली भयो|

No comments: