गजल


हामी गरिबीको नाना देखेर हास्यौ
सिस्नो पकाएको खाना देखेर हास्यौ

अरु के देख्यौ गरिबीको झुपडीमा
खाली घोप्टिएको माना देखेर हास्यौ

जंगलका गिट्ठा भ्याकुर खानलाई
बोक्रा छोडाएको दाना देखेर हास्यौ

गरिबीको यहाँ गास बास कपास
चुहिने खरको छाना देखेर हास्यौ

पढ्न लेख्नको रहर कति हुन्थ्यो नि
कठै ! मनको चाहाना देखेर हास्यौ

No comments: