1
मनै खाने उनको मुहार लुकी-लुकी हेरेँ,
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ ||
वर्ण कालो केश ति गाजलु आँखा |
लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ ||
चाहेर’नि उनको हात थाम्न कहाँ सक्छु |
होइनन् मेरो यही निर दुःखी-दुःखी हेरेँ ||
गरेको छु अर्कैसँग सँगै जिउने बाचा |
बाँधेका ति बाचा देखी चुकी-चुकी हेरेँ ||
चल्नै पर्ने संम्झौतामा कस्तो लेख्यो भावी |
दोषी आफ्नै भाग्यलाई नै थुकी-थुकी हेरेँ ||
२
सबैलाइ थाहा छ कोईलीले गित, गाइरहनु पर्दैन |
सबैले अनुभव गरेकै हो बगैँचामा अत्तर, छर्नु पर्दैन ||
अरुभन्दा तिमीलाई खुब राम्री छु, जस्तो लाग्छ होला |
एउटा कुरा नानि, राम्री भयकी भय ब्युटीपार्लर,धाईरहनु पर्दैन ।।
३
बसन्त ऋतुमा पनि चराहरुले गीत गाउँन छाडे |
असार श्रावण महिनामा पनि पानि पर्नै छाडे ||
के को कुरा गर्नु हजुर यो बिग्रेको कलियुगमा ,
जाडो याममा पनि केटीहरुले कट्टु बाहेकअरु लाउनै छाडे
४
आँशु पुछ्ने त धेरै भेटिन्छ्न जिन्दगीमा तर . . .' .' .' .' .'.
सिगान पुछ्ने कोहि भेटिदैनन् , त्यसैले एउटा रुमाल सधै खल्तीमा राख्ने गर
No comments:
Post a Comment