चाँदनी



चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा एकाएक झसङ्ग ब्युझिएँ स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ बाध्य हुन्छु एल्बमका चहकिला तस्बिर नियाल्न हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाई सकेको अतितलाई हुकाई रहेकोेछु

निभि सकेको सलेदोमा फेरी बल्झाईको तेल थपेर सल्काईरहेको छु खाटा बसी सकेको घाउँबाट फेरी सम्झनाका पाप्रा उब्काउँदै छु मलाई सबै थाहा तर .....तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु अस्तिसम्म त्यहि घाउँको दुखाई खप्न नसक्दा कयौं रातलाई यी एकजोर निराश आँखा मंै लमतन्न सुताएको थिए कति सम्झनाका छरपस्टिएका बिस्कुनलाई एकै घाममा उठाएको पनि थिए मैले त्यो बिगत नै मेरो साक्षि, बाँकी रम जस्तै यो रातको सन्नाटा पनि निरुत्तरित छन यो क्षण। तिम्रो टुटी सकेको मायाका एक एक गेडिलाई बडा जतनकासाथ मेरो अतितको मालामा उनिरहेको छु यो अतितको माला जहाँ थरिथरिका स्मृतिका चम्किला गेडिहरुले सजिएको कहिले नओईलिने अनि कहिले नमक्किने मेरा यी स्मृतिका गेडिहरु तिनैसँग खेल्छु तिनैसँग रुन्छु तिनै सँग ठोक्किन्छु तिनैसँग बेलाबेला टुक्रिन्छु पनि


छिप्पिदो रातको बाक्लिदा सन्नाटासँगै मृगतृष्णाकोभ्रममा एक्लै, नितान्त एक्लै टोलाई रहेको छु शुन्यता भित्र बिछिप्तताका बाक्ला रेखाहरु नियाल्दै भाँचिएको मन, छुटिसकेको साथलाई पुनराबृत्ति गर्दैछु हो, कदापि चाहँदिन मेरो स्मृतिको भित्तोमा सजिएका सुन्दर अतित शिशाको फ्रेम जस्तै चकनाचुर होउन छोटो समयका महत्वपूर्ण अविस्मरणीय क्षण हामीले दुई भएर रंगाएका थियौ तिनै पल प्रतिपलको योगफलको बाक्लो ढड्डा नै हो यो संगको अतितको सुन्दर एल्बम कहिले मेरीे हुन नसकेकी तिमी अनि मेरो हुन नसकेको तिम्रो प्रेम सदा मसँगै हुनेछ केवल स्मृतिमा मात्रै साच्ची कै चादँनी ! तिमी सँगै मेरो मनको खोकिलामा बन्द भएकिहुनेछौं जसको ढोका यसै गरी बेला बेला खुल्नेछ यसरी नै एकलौटी सम्झनाको साम्राज्यमा रजाई गर्ने छु भित्तामा टाँसिएको घडिले यो समय घण्टाघण्टामा मेरो खबरदारी गरिरहेको मेरा यी एकजोर आँखा ती सलबलाई रहेका मसिना सुईमा ठोक्किन पुग्छन् जबरजस्त स्मृतिपटलको ढोका बन्द गर्ने प्रयत्न गर्दैछु

आशा , सपनामा पनि तिमी सँगै हुने छौं बाँकी रहेका यी रातका प्रहरलाई रंगिन बनाउने छौं बिपनीमा कहिल्यै मेरो भागमा पर्न नसकेको खुशीलाई सपनी मै भएपनि मेरो पोल्टामा खन्याउने छ्यौ त्यसैलाई नै प्राप्ती ठान्ने छु जुन मेरो भ्रम सिवाय केहि हुने छैन यसरी भएको थियो उनीसँगैको मेरो पहिलो तथा अन्तिम भेट अर्थात हाम्रो मिलन अनि विछोड बसन्तले बिट मार्ने ग्रिष्मले संघार टेक्ने बेलाको परिपक्त लालिमाले पोतिएको एक टन्टलापूरमा भएको थियो उनको मेरो भेट उसो काम कै शिलशीलामा पन्ध्र बीस मिनेटका कफि भेट दुई चार पटक भई सकेका भए पनि त्यो भेट नै अविस्मणीय हुन पुग्यो उनी बीचको यहि भेट नै अन्तिम भेट हुन पुग्यो कतिपय खुशीहरु खोसिनकालागि अनि कतिपय साथ छुट्टिन कै लागि नै प्राप्त भएको हुँदा रहेछन् बल्ल थाहा पाएँ अजिङ्गर भैm लमतन्न तेर्सिएको नागबेली सडकमा मान्छेको लर्को बाक्लिएको थियो ।‘

लगातार नेपालबन्दको पाँचौ दिन थियो त्यो सडक सवारी साधन बिना नियास्रिएको थियो फ्याट्ट फुट्ट कर्कश धुनमा चर्को साईरन सुसेल्दै एम्बुलेन्स सुरक्षाकर्मीका भ्यान निर्वाध दुगुरिरहेका देखिए पनि अरु भने ठप्प नै थियो यस्तै सुनशान सडकमा तीनै मान्छेको लर्को सँग मिसिदै हल्लिएर हिड्नुको आनन्दबेग्लै हुन्छ प्रायः नेपाल बन्दमा खुबै हिड्न रुचाउँछु त्यसैले मिसिए पनि त्यहि लस्कर सँगै एक्लो थिए निकटको साथी मोवाईल साथमा थियो हेडफोन कानमा लगाए यहि गीत गुन्जिदै दियो यात्रा रहेछ जीन्दगी, एक्लै हिंडिदिन्छु, घुम्तिमा लोलाउँदै फूल संगै हाँसी दिुन्छु बिपरित दिशाबाटसडक नाप्दै हिंडिरहेका हामी गैरिगाउँ निरको कुइनेटोमा ठोक्किएका थियौ हो, त्यहि निलाग्ने शिरीषको बोट मुनि भएको थियो त्यो पटकको उनी सँगको मेरो जम्काभेट एक्कासी उनलाई देख्दा त्यहि ठिङ्ग उभिन पुगे एकाएक चार भएका आँखा भुईमा ठोक्किकएर दुई भएका थिए
मान्छेको ब्यस्त भिडबाट छानिएर एकछिन त्यहि शिरिषको तन्किएको छायाँ मुनी ओत लाग्यौ त्यस पछि मात्रै पोखाएका थिए हाम्रा औपचारिकताका शव्दहरु छोटो बार्तालाप पश्चात थाहा पाएँ जस्तै उनी पनि एक्लै गन्तब्य ब्हििन यात्रामा पट्यारतालाई भुलाउन निस्किएकि रहिछिन् बेहुलीको रक्ताम्मे घुम्टोले सजिएको सुन्दर आकृति झैं निलाम्मे शिरीषका बैशालु फूलले रुखलाई छपक्कै ढाकेका थिए झरेका असंख्य फूलको भुई भरि निलाम्मे फलैचा जस्तो देखिन्थ्यो निलै फलैचामा निलै शिरीषको छाता ओडेर त्यहि उभिएका थियौं हामी उनलाई यस्ता दृप्यले निकै नै छुने गर्छ जुन उनका आँखाबाट प्रस्ट झल्किन्थ्यो यत्तिकैमा सुस्ताएको पवनले पालैपालो कयौं सुन्दर फूललाई बरबरी भुईमा झारी दिन्छ एउटा सुन्दर फूल आएर उनले घाँटीमा बेरि राखेको सलमा लट्पटिन्छ निकै भाबुक हुदै भनेकी थिइन् — “कुशुम ! यो फूललाई हेर , अक्सर आत्मिएताकोप्रेमले जोडिएका झिना सम्बन्धहरु यहि फूल जस्तै यसरी नै चिसिएर झर्ने गर्छन् उनको यो वाक्यले झस्किए

बनावटी हाँसो फिस्स हाँस्छु तर मन मनै यो वाक्यले मलाई नराम्रो सँग थप्पड हानी सकेको थियो सोच्न थाले – “केहि समय अगाडि मात्रै सामान्य चिनजान कै भरमा गाँसिएको हाम्रो आत्मियाताको प्रेम, उनी बीचको यो सम्बन्ध पवनले छुदाँ पनि झर्ने कतै यहि फूलजस्तै झर्ने होइन ?” दुवैको दिमागमा एकछिन निकै हलचल ल्याईदियो त्यो झरेको फूलले अगाडि बोल्ने शव्द नै रहेनन् हामीसँग निःशब्द भयौ दुवै एकछिन गौशालाबाट हिडेको कोटेश्वरबाट हिंडेकि उनी अनायासै एकाएक ढोक्किन पुग्यौ एयरपोर्ट तिर जाने गैरिगाउँको त्यहि शिरीषको बोट मुनी कता पुगिन्थ्यो थाहा छैन तर त्यहि बाट हाम्रो गन्तव्य फेरियो यात्राले नयाँ रुप लियो हानियौ त्यो दिनको नयाँ यात्रामा कहिलेकाही सोच्दै नसोचेको खुशीले गल्र्याम्म अंगालोमा कस्दो रहेछ छुटाउनै नमिल्ने गरी जुन त्यो दिन भयो सवै खुशीहरु एकै पटक सोहोरिएर मेरो अगाडि खनीय जस्तै लाग्यो मलाई उनी पनि खुशीले निकै फुलेकि थिईन उनका चम्किला रहस्यमय लाग्ने नयन हेरेर नअघाउने भई सकेको थिएँ ।छाती मै टाँसिएर भनेकी थिईन – “कुशुम ! जीन्दगीमा यस्तो भेट पनि हुनु लेखेको रहेछ हाम्रो लेखान्तमा भयो पनि जसलाई हामी दुवै बीचमा मात्रै सिमित नराखिसुनौला अक्षरमा सजाएर सदासदा जीवन्त राख्नु है ! ताकि हाम्रो प्रेम अमर होओस हाम्रो अस्तित्व विलिन भएर गए पनि

उनले मनशाय बुझि सकेको थिए मैले आज तीनै क्षणलाई यहाँ जीवन्त गर्दैछु उमेरले माझिएकि, बैशले फक्रिएकि, मध्यम मोटाई उचाई, गोरो बर्ण, कसिलो नितम्ब, आकर्षित जीउडालमा सजिएकी चादँनी चिप्ला सलल बगेका चम्किला केशराशी, तिख्खर आँखा अनि रहस्यमय हेराई चादँनी साच्चिकै उनी सँग जोडिएको उनको सुन्दर नाम जत्ति कै सुन्दर चम्किली चन्द्रमा अर्थात चाँदनी नै थिईन् उनलाई राम्रो सँग नजिकबाट देखेको त्यो नै पहिलो दिन थियो शायद खैरो रंगको कटनको चुडिदार कुर्तामा लोभलाग्दि देखिएकी थिईन उनी हुन उनी बीचमा उमेरको फरक त्यति सारो छैन एउटी नेपाली महिलाले त्यो उमेरसम्म पार गर्नुपर्ने धेरै खुड्किलाहरु तय गरिसकेकी थिईन उनले पनि तर सामाजिक मर्यादाले उनको तन मनलाई बन्धन बनाएको थिएन मेरो मान्यता पनि यहि नै हो मनस्वतन्त्र रुपमा स्वयंम कै नियन्त्रणमा हुनु जरुरीछ मन माथि अरुको लगाम होइन, स्वयंमले नै लगाउनु पर्छ ताकि जता आफूले चाह्यो उतै मनपरी डो¥याउन सकियोस् लगत्तैको नयाँ यात्राको गन्तव्य फेरिए झैं मौसम पनि फेरिएको थियो  त्यतिबेला

पश्चिम क्षितिजबाट सर्किरहेका बादलका गुजुल्टाहरुले मध्य आकाशमा अवस्थित बैशालु रविको प्रखरतालाई ओझेल पारि दिएका थिए मौसम अनुकल भएको थियो हिड्नका लागि त्यो सडक छेउको निलाम्मे शिरीषको हरियाली भित्र ढुङ्गे फुटपाथमा बराबर पाइला नापि रहेका थियौ हामी सिनामंगलबाट तिलगंगा तिर जाने सडक छेउको फुटपाथ, जहाँ हामी जस्तै थुप्रै जोडि देखिन्थ्ये तिनै मध्येका केहि परिचित अनुहार पनि थिए होलान् तर हामी हामै्र दुनियाँमा मस्त थियौ तिनै मस्ताएका शिरीषका फूल जस्तै उकालो चढ्दै माथि पशुपतिको बीच जंगलमा पुगि सकेका थियौ हामी थिए उनी थिईन थिए त्यहाँ उन्मुक्त जीन्दगी बाँचिरहेका बाँदरका हुलहरु निकै बेर हामीले त्यो बाँदरको चर्चिकला टोलाएर हेरिरह्यौं ।आहा ! त्यस्तो पो जीन्दगी अनि त्यस्तै निश्चल माया छुट्नुको डर, टुक्रिनुको नै कति विशुद्ध प्रेम ती प्राणीको बीचमा तर ....तर मान्छे ? त्रास भयको अड्डा जमाएर बिवशतामा बाँच्न बाध्य नचाहँदा नचाहँदै पनि यो उसको मान्छे हुनुको नियति पनि हो
हामी एक आपसमा ढेपिएर बसेका थियौं सँगैको निकट्ताले भित्र कता कता कुत्कुति नलागेको कहाँ हो ? तर मनलाई निकै सम्हालेर आफूलाई बसमा राख्छु त्यो शान्त वातावरण अनि ती श्लेष्मान्तकका लहराउँदै गरेका लताले हामीलाई नै देखेर साउती मारेको जस्तो भान हुन्थ्यो हावाको एक झोक्का आई जवहामीमा ठोक्किन्छ, उनका चम्किला केशराशी चिप्लेटि खेल्न थाल्छन् अनुहार भरी छरपस्टिन्छन मसिना काला त्यान्द्राहरु चिप्लिएका केशराशीलाई बडा जतनकासाथ मिलाउँछिन उनि ती बान्की परेका मसिना खिरिला औलाले एकतमास हेरिरहन्छु त्यो सवै दृष्यलाई महशुस गर्छु हावामा मिसिएको उनको मिठो सुवासलाई एकाएक चार भएका आँखा धेरै बेरको हेराहेर पछि दुई हुन्छन् मुस्कुराउछिन् उनी त्यति बेलाको उनको मुस्कानमा अचम्मको मोहकता झल्किन्छ त्यो मुस्कानले गुलावी गालामा झन गुलावी हुनेगरी खोपिल्टो पर्छ मलाई त्यो छुन मन लाग्छ तर सक्तिन उनी पनि पग्लिन्छिन् शायद तर पोखिएकी भने थिइनन् हेर्दा हेर्दै तप्किए एकनासका मसिना पानीका थोपाहरु
केहि समय अगाडि मात्रै जेठको उखरमाउले गर्मिले गलाएको शिथिल ज्यानले श्लेष्मान्तकको छहारी ओड्दा जति आनन्द प्राप्त भएथ्यो मलाई त्यति नै आनन्द त्यो समय चाँदनी सँगै तप्तिरहेका असंख्या पानीका थोपाले भिजाउँदा भएको थियो धित मर्ने गरी भिज्यौ हामी त्यो दिन सिमसिमे पानीले भिजाउँदा उनले लगाएका पुरै बस्त्र जिउ मै टाँसिएका थिँए अनुहारबाट तैरिदै गरेका पानीका थोपाहरु उनका गुलावी ओठलाई चुम्दै तल बक्षस्थलतिर दौडिन्छन् मन लाग्छ मलाई पनि, पानीका थोपाले झंै उनका थरथराई रहेका ओठका केस्रालाई चुम्न अह ! सक्तिन, कज्याउँछु मुस्किलैले पोखिन खोज्ने मनलाई हो, हामी बाफिएका थियौ एक आपसमा आत्मियताले निथ्रुक्कै भएका थियौ प्रेमले कसिएका थियौ एकआपसमा धेरै बेरसम्म धड्कन जोडदै न्यानो अंगालोलेतर अह ! तातिएनौ हामी बासनाका छिटाले किनकी हामीले अध्र्याएको प्रेम स्वार्थ भन्दा माथिको थियो पानी थामियो आकाश छ्याङ्ग उज्यालिदै गयो घर्किएको समयले छुट्टिनु पर्ने क्षणलाई निम्त्याएको पत्तो नै भएन घडि हेरे मैले तीन बजी सकेको रहेछ अर्को भेटको झिनो आशा मनमा संगाल्दै लुगा टकटक्याउँदै फुर्तिसँग ओरालो ¥यौ उनीलाई पुरानो बानेश्वरसम्म छोड्न जाने शर्तमा हामी गौशालातिर लाग्यौ
बन्दकर्ताको ठूलो जमात गौशाला चोकको चारै तिरको सडकको मुखमा चर्को नारा जुलुश सहित जम्मा भएका थिए ।आक्रोशित बन्दकर्ता चारै तिरबाट सुरक्षाकर्मी माथी दवाव दिइरहेका थिए चोकको बीच भागमा सुरक्षाकर्मीको ठूलो संख्या परिचालित थियो बन्दकर्तालाई सतर्क रहनका लागि माइकिङ गरि रहेको सुनिन्थ्यो तर आक्रासित भिड झन बढी ताती रहेका थिए ।हामीले बल्लबल्ल चोकमा रोड क्रस गर्यौ पुरानोबानेश्वर तिरको रोड किनाराको फुटपाथको रेलिङ सकातेर त्यो भिडमा मुस्किलले पाईला सारिरहेका थियौ अगाडि ढुङ्गा हानाहान शुरु भई सकेको रहेछ एकैछिनमा सुरक्षाकर्मी परिचालन भए मान्छेको भागा भाग मच्चियो मैले अगाडिको कुरो बुझ्न पाईन् भिड तितरभितर पार्दै सुरक्षाकर्मीलेअश्रुग्याँस, लाठिचार्ज, हवाई फाईरिङ्ग सवै एकैसाथ ¥यो पनि चाँदनीको हात समात्दै दौडिदै थिए दौड्दा दौड्दै एक्कासी चाँदनी पुर्लक्क ढल्न पुगिन।
खुट्टा भुईमा नटेकिए पछि फर्केर हेर्छु उनलाई उनको दाहिने खुट्टाको पिडौलामा गोेलि लागेछ हे भगवान ! कल्पनामा पनि नसोचेको यस्तो पनि क्षण आउँदो रहेछ जिन्दगीमा उनी आत्तिदै कराई रहेकि थिइन– “कुशुम ! कुशुम ! मलाई बचाऊ निमेस भर मै त्यहाँ रगतको आहाल जम्मा भयो मैले केहि सोच्न नै सकिरहेकोथिईन त्यो क्षण एक्कासी एउटा आइडिया दिमागमा आउँछ उनको घाँटीमा बेरी राखेको कटनको सल तान्छु घाउँमा जोर सँग बाँधि दिन्छु पछाडिबाट बेग सँग सुरक्षाकर्मी भेटिएका जतिलाई सोतर पार्दै यतैतिर दौडिरहेका दुख्छु सँगसँगै पत्रकार पनि हानिदै थिए यतैतिर चार पाँच जनाले एकै साथ आक्रमण गर्छन माथि लाठि लाति गालि सवै सँगै बर्सिन्छ
प्रतिकार गर्न खोज्छु झन बढी भकुर्छन रगत धेरै बगेर होला चाँदनी त्यही बेहोस भई सकेकि थिईन पत्रकार केहि सुरक्षाकर्मी मिलेर चाँदनीलाई छिट्छिटो एम्बुलेन्समा राख्न्छन् त्यो निर्मम कुटाइले अधमरो भई सकेको थिए कानले मात्रै अलि अलि सुन्दै थिएनजिक मेडिकियर हस्पिटल त्यहि लैजाउकसैले जोरसंग भन्दै थियो अनौठो साईरन सुसेल्दै एम्बुलेन्स मेडिकियरतिर सोझियो त्यो आवाज मेरो कानमा गुन्जिरह्यो एम्बुलेन्स ओझेल नपरुन्जेल सम्म दुई तीन जनाले कठालोमा समातेर घिसार्दै मलाई पनि जवरजस्त भ्यानमा कोच्छन बोल्न नसक्ने भई सकको थिए त्यति बेलासम्म जस्तै अध्मरा मान्छेको जमातले भरी सकेको भ्यानमा खुट्टा सम्म राख्ने कतै खाली ठाउँ थिएन मान्छे माथि मान्छे हुल्दै भ्यान महाराजगंज तिर लाग्छ

चाबहिल पुगिसकेपछि मेडिकियर हस्पिटललाई नियाल्न खोज्छु बाहिर हेर्न मिल्ने कतै ठाउँ नै छैन सानो चिरो भेट्छु राम्रो सँग केहि देख्दिन, खाली हस्पिटलको माथि लेखिएका अंग्रेजी अक्षर मात्रै देखिन्छन् रिल घुमे झैं फन्फनि एक पछि अर्को गर्दैसबै दृश्य दिमागमा मडारिन थाल्छन सम्झिन्छु, केही समय अगाडि पानी पर्दाको चाँदनीको मुखाकृति अनि त्यो माया भर्खरैको दृश्य सवै सबै मनलाई थाम्न सक्तिन भित्रैबाट भक्कानो फुटेर आउँछ सम्हाल्न सक्तिन आफूलाई जोर सँग आवाज निस्किएछ मेरो मुखबाट,“चाँदनी ! चाँदनी !” पुलिसले सुनेछ क्यारे

गालिका पर्रा बर्साउँदै भनिरहेको थियो — “फेरि कराउँछस साला दुस्मनभन्दै बुटले जोरसँग मुखैमा बर्जाछ मेरो दाँत नै भित्र छिरेछन शायद मुख भरी रगत भरिएको थियो वरिपरिको बातावरण मैले केही पनि देख्न सकिन कानले पनि सुन्न छोडे मुख भित्र कै रगतको घुट्को पिउँदै पनि जहाँको त्यहि बेहोस भएँ ।त्यस पनि केके भयो मैले केहि थाहा पाएन लामो समयको अन्तराल पछि जब यथास्थितिमा आए तर अझैं पनि अह? उनको बारेमा जान्ने साहश मनमा पलाएको छैन्


No comments: