1 GB को मेमोरी-कार्डलाई आफैंले २ GB को पार्नुहोस्

मेमोरी कार्डको प्रयोग अहिले सामान्य बनिसकेको छ। हाम्रो दैनिकीको अभिन्न अंग मेमोरी कार्ड पनि बनिसकेको छ। किनभने हाम्रा दैनिक प्रयोगका सबैजसो ग्याजेटमा यसको प्रयोग हुन्...छ। फोटो खिच्न देखी भिडियो र गीत सुन्नका लागि पनि मेमोरी कार्डको प्रयोग अनिवार्य छ। मोबाइल, ट्याब्लेट वा एमपीथ्री सबैमा गीत, भिडियो तथा तस्विर राख्नका लागि मेमोरीकार्डको प्रयोग भइरहेको छ। यस्ता कार्डहरु एक, दुई, चार, आठ देखी ६४ जीबी सम्मका पाइन्छन्।

तपाइँको मोबाइलमा पहिले नै किनेको एक जीबीको मेमोरी कार्ड छ भने त्यसलाई बढाएर दुई जीबीको सम्म बनाउन सक्नुहुन्छ। त्यसका लागि त्यति धेरै गाह्रो प्रक्रिया अपनाउनु पनि पर्दैन। तपाइँ सजिलै एक जीबीको मेमोरी कार्डमा दुई जीबी सम्मका डाटा राख्न सक्नुहुन्छ। मेमोरी कार्डको डाटा क्षमता एक जीबीबाट बढाएर दुई जीबी बनाउनका लागि तपाइँले आफ्नो मेमोरी कार्डलाई डेक्सटप या ल्यापटप कम्प्युटरमा जोड्नुपर्छ। कम्प्युटरमा डाटा क्षमता बढाउनु अगाडि यदी मेमोरी कार्डमा केही आवश्यक डाटा छ भने त्यसलाई कम्प्युटरमा ब्याकअप कपी राख्नुहोला।


Automatically Log-on गर्नुहोस् । [Windows 8]

आजबाट मैले Windows 8 सँग सम्बन्धित रहेर केही टिप्स र ट्रिक्स दिने जमर्को गरेको छु । यदि तपाईहरूलाई सँग Windows 8 सम्बन्धित कुनै समस्या वा समाधान छन भने हामीलाई मेसेज गर्नुहोला । लौ त आजको प्रसङ्ग तर्फ लागौं । Windows 8 मा पटक पटक Username र Password हालेर Login गर्नुपर्ने झन्झट छ । तर आज मैले यो झन्झटबाट पार पाउने उपाय लिएर आएको छु ।...

के गर्ने ?

नेपाली भाषामा नै विन्डोज ८ चलाउनुहोस् ।

जुन दिन विन्डोज ८ रिलिज भयो त्यसै दिनदेखि नै यसको नेपाली संस्करण उपलब्ध भएको छ । यसभन्दा अगाडी विन्डोज एक्सपी, भिस्टा र विन्डोज ७ को पनि नेपाली संस्करण रिलिज भएको थियो तर त्यहाँ संस्कृत शब्दहरूको समेत प्रयोग भएको र अङ्ग्रेजी भाषालाई नेपालीमा उल्था गर्दा अलिक अप्ठ्यारो परेको हुनाले धेरै नेपालीहरू विन्डोज ७ को नेपाली संस्करण रुचाएनन् ।
 त्यही कारणले गर्दा विन्डोज ८ मा आम बोलीचालीका शब्दहरू प्रयोग गरिएको छ । चिन, जापान, थाइल्याण्ड जस्ता मुलुकहरुले अङ्ग्रेजी भाषालाई भन्दा बढी आफ्नै भाषालाई महत्व दिएर त्यही भाषामा विन्डोज चलाइरहेका छन् तर नेपालीहरुमा अङ्ग्रेजी जान्नैपर्दछ भन्ने एक किसिमको भ्रम रहेको छ । त्यसैले गर्दा पनि होला सोचेजस्तो नेपाली संस्करण प्रयोग भएको छैन । त्यसको अर्को पनि कारण हुनसक्दछ । कम्प्युटर सिकेकाहरुले अङ्ग्रेजी संस्करणमा कम्प्युटर सिकेको हुनाले सुरुवाती अवस्थामा नेपाली अप्ठ्यारो लाग्न सक्दछ ।  

अग्रेजी भाषाको ज्ञानमा कमी हुनेहरुको लागि विन्डोज ८ बरदान साबित हुनसक्दछ । त्यसैले कम्प्युटर सिक्नको लागि अङ्ग्रेजी भाषा नै जान्नुपर्दछ भन्ने छैन । अङ्ग्रेजी संस्करणको विन्डोजमा माईक्रोसफ्ट अफिस चलाउँदा अङ्ग्रेजी भाषाको शब्दहरू र व्याकरण गलत भएको खण्डमा रातो/निलो लाइन देखिएजस्तै नेपाली संस्करण चलाउँदा व्याकरणको शुद्धाशुद्धि पनि हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोष यसभित्र रहेको हुनाले गर्दा हश्व दीर्घ र शुद्धाशुद्धि राम्रोसँग हेर्न सकिन्छ । नेपाली बृहत् शव्दकोषमा नभएका शब्दहरू भने गल्ती देखिन्छन् ।