Automatically Log-on गर्नुहोस् । [Windows 8]

आजबाट मैले Windows 8 सँग सम्बन्धित रहेर केही टिप्स र ट्रिक्स दिने जमर्को गरेको छु । यदि तपाईहरूलाई सँग Windows 8 सम्बन्धित कुनै समस्या वा समाधान छन भने हामीलाई मेसेज गर्नुहोला । लौ त आजको प्रसङ्ग तर्फ लागौं । Windows 8 मा पटक पटक Username र Password हालेर Login गर्नुपर्ने झन्झट छ । तर आज मैले यो झन्झटबाट पार पाउने उपाय लिएर आएको छु ।...

के गर्ने ?

१. सबैभन्दा पहिले किबोर्डबाट Windows Key + R थिच्नुस् । अब त्यहाँ 'netplwiz' टाईप गरी Enter थिच्नुहोस् ।

२. अब त्यहा User Account को Dialog Box देखा पर्छ ।

३. अब "Users must enter a user name and password to use this computer" लेखिएको बक्स Clear गरी OK मा क्लिक गर्नुहोस् । अब त्यहाँ Username र Password हाल्ने ठाउँमा तपाईले Automatically Access गर्न चाहेको Username र Password राखि OK गर्नुहोस् ।

अब कम्प्युटर Restart गर्नुस् , तपाई अब Automatically access हुनुहुनेछ । धन्यवाद । 

No comments: