फेसबुकमा उमेद्वारलाई गाली गर्न पाइँदैन : प्रजिअ गौतम

चुनावी सुरक्षा योजना चाँडै सार्वजनिक गरिने
निर्वाचन कार्यक्रम प्रारम्भ भई उमेद्वारी दर्ता भएका दिनदेखि टि्वटर, फेसबुक, युट्युव र ब्लगलगायतका सामाजिक सञ्जालहरुमा कडा निगरानी गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताउनुभएको छ । फेसबुक, टि्वटर र युट्युवलगायतका सामाजिक सञ्जालमा उमेद्वारहरुको समर्थन वा प्रशंसा गर्न सकिने तर कसैको विरोधमा प्रचार गर्न नदिइने गौतमले अनलाइनखबरलाई बताउनुभयो ।