केही मुक्तक हरु

1
 मनै खाने उनको मुहार लुकी-लुकी हेरेँ, 
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ ||
 वर्ण कालो केश ति गाजलु आँखा |
 लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ ||


चुट किला


 एक जना डाक्टर पागल संग कुरा गर्दै :
 डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल : मैले एक जना बिधुवा संग बिहे गरें,
उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे
अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उमेरो बहिनि भइ तर
 म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ

डलर ११२ रुपैयाँ पुग्न सक्ने

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अकासिने क्रमसँगै मूल्यवृद्धि चुलिने भएको छ । भारतीय बजारको असरका कारण शुक्रबार एक डलर खरिद गर्न औसत १ सय ३ रुपैयाँ ५० पैसा खर्च गर्नुपर्ने भएको छ । सार्वजनिक बिदाका कारण बिहीबार बैंक नखुलेपछि डलरले वास्तविक वृद्धि पाएन । तर भारतीय बजारमा प्रभाव हेरेर शुक्रबारका लागि हालसम्मकै महँगो दर तोकिएको हो । बजार खुला रहेको भारतमा भने बिहीबार डलरको मूल्य ६५ रुपैयाँ -भारु) सम्म पुगेको थियो ।


वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ लिई ७७ जनालाई वैदेशिक रोजगारमा पठाएको आरोपमा ३५ जनालाई पक्राउ गरेको छ । अध्यागमन विभागका १८ र वैदेशिक रोजगार विभागका १७ कर्मचारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, कम्प्युटर अधिकृत- हिराध्वज कार्की, नायव सुब्बाहरु शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई, केशव बन्जारा, भाषा अनुवादक (करार) रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा, कार्यालय सहयोगी यशोधा थापा मगर छन् ।

आइटम चर्चा : सुष्माको फक्रिदो जोवन नछोपिएपछि

नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै 
चर्चामा आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।

गाउँदा गाउँदै गायिकाको पहिरन खसेपछि

अमेरिकन गायिका तथा कलाकार टोनी ब्रैक्स्टन सधै नै विभिन्न कुराले चर्चामा आइरहन्छिन् । सन् २००१ मा आयोजना भएको एक कार्यक्रममा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो । हालै मात्र टोनीले यस्तै एक बेइजती सहनु परेको छ । केही दिन अघि मात्र एक कार्यक्रममा गाउने क्रममा टोनीले लगाएको पहिरन खसेको थियो । लगाएको पहिरन खसेपनि गायिका टोनीले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् ।

चाँदनी



चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा एकाएक झसङ्ग ब्युझिएँ स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ बाध्य हुन्छु एल्बमका चहकिला तस्बिर नियाल्न हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाई सकेको अतितलाई हुकाई रहेकोेछु

निभि सकेको सलेदोमा फेरी बल्झाईको तेल थपेर सल्काईरहेको छु खाटा बसी सकेको घाउँबाट फेरी सम्झनाका पाप्रा उब्काउँदै छु मलाई सबै थाहा तर .....तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु अस्तिसम्म त्यहि घाउँको दुखाई खप्न नसक्दा कयौं रातलाई यी एकजोर निराश आँखा मंै लमतन्न सुताएको थिए कति सम्झनाका छरपस्टिएका बिस्कुनलाई एकै घाममा उठाएको पनि थिए मैले त्यो बिगत नै मेरो साक्षि, बाँकी रम जस्तै यो रातको सन्नाटा पनि निरुत्तरित छन यो क्षण। तिम्रो टुटी सकेको मायाका एक एक गेडिलाई बडा जतनकासाथ मेरो अतितको मालामा उनिरहेको छु यो अतितको माला जहाँ थरिथरिका स्मृतिका चम्किला गेडिहरुले सजिएको कहिले नओईलिने अनि कहिले नमक्किने मेरा यी स्मृतिका गेडिहरु तिनैसँग खेल्छु तिनैसँग रुन्छु तिनै सँग ठोक्किन्छु तिनैसँग बेलाबेला टुक्रिन्छु पनि


साम्सुङ ग्यालेक्सी एस ४ ले जलयो घर

अहिले मोबाईल बजारको जल्दो बल्दो साम्सुङ ग्यालेक्सी एस ४   पक्कै पनि सबैको रोजाइ मा पर्ने फोन हो । तर   साचिनै साम्सुङले  एउटा घर नै जलाएर आफुलाई जल्दो बल्दो फोन प्रमाणित गरेको छ ।

सस्ता आइफोन कस्ता छन्?

सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छ? अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। प्रतिष्ठिति अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले एप्पलले आइफोन फाइभ सी र फाइभ एसलाई बजारमा पठाउन थालिसकेको र ती सेप्टेम्बरको सुरुमै बजारमा पुग्ने उल्लेख गरेको छ। एशियाली बजारमा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च हुने जनाइएको छ। जापानको प्रतिष्ठित बिजनेस पत्रिका निकीले सेप्टेम्बर २० मा टोकियोबाट एशिया क्षेत्रका लागि दुवै स्मार्टफोन लञ्च हुन लागेको जनाएको छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ। 

डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा

अमेरिकी डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा पुगेको छ। मंगलबार १०२ रुपैयाँ ५ पैसा पुगेर बुधबार घटेको डलरको मूल्य बिहीबार फेरि बढेको हो। बिहीबार भारु कमजोर भएपछि राष्ट्र बैंकले त्यसैको आधारमा समायोजन गर्दै शुक्रबारका लागि एक डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा तोकेको हो। 


फेसबुक सर्ट्कट्स (shortcuts) प्रयोग गर्नुहोस

हामी सबै चाहान्छौं की छोटो समयमा हाम्रा कुनै पनि कार्य हरु सजिलै सक्न पाए कति आनन्द हुन्थ्यो । समयको बचत पनि भईहाल्ने । हरेक सेवाप्रदायक सफ्टवेर अनि सर्भिस कम्पनिहरुले प्रयोगकर्ता हरुको सजिलोको लागि केहि न केहि सर्ट्कट्स (shortcuts) उपलब्ध गराएका हुन्छन । फेसबुकले पनि यस्ता केहि सर्ट्कट हरु उपलब्ध गराएको छ ।