दक्षिण कोरियाली स्मार्टफोन निर्माता
कम्पनी सामसुङले घुमाउरो स्त्रिmन भएको
विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक
गरेको छ । ग्यालेक्सी राउण्ड नाम
दिइएको उक्त स्मार्टफोनको
स्त्रिmन ५.७ इन्चको
रहेको छ । अर्को वर्ष घुमाउरो
स्मार्टफोन सार्वजनिक गर्ने एल
जी ले घोषणा
गरेको भोलिपल्टै सामसुङले
सबैलाई चक्मा दिनेगरी यो
घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको
हो । स्मरण
रहोस् एल जी
र सामसुङ दुबैले
लचिलो घुमाउरो स्त्रिmन भएको
टेलिभिजन समेत निर्माणमा
जुटिरहेका छन् ।
सासमुङका अनुसार यो नयाँ
स्मार्टफोन ग्यालेक्सी राउण्डको सबैभन्दा
महत्वपूर्ण विशेषता भनेको यो
बन्द रहेको बेलामा
पनि यसका प्रयोगकर्ताले
मिति, बार, समय
तथा मिस्ड कलका
बारेमा जानकारी पाउन सक्नेछन्
। साथै फोन
बन्द रहेकै बेलामा
समेत आफुलाई मनपर्ने
गित सुन्न सक्नेछन्
।
सुरुमा दक्षिण कोरियामा लन्च
गरिएको यो स्मार्टफोन
विश्वका अन्य देशमा
कहिले लन्च हुन्छ
भन्ने बारेमा भने
केही बताइएको छैन
।
विश्वमा स्मार्टफोनको बजार तिब्र
रुपमा बढिरहेको सन्दर्भमा
मोबाइल कम्पनीहरुले पनि नयाँ
नयाँ तथा सुविधासम्पन्न
मोबाइल फोन बजारमा
ल्याएर उपभोक्ताको मन तान्ने
कोसिस गरिरहेका छन्
। एलजीले हालै
विश्वको सबैभन्दा हल्का स्मार्टफोन
बनाउने घोषणा गरेको छ
। उसका अनुसार
उक्त मोबाइल फोन
लचिलो हुनेछ र
फुट्ने छैन ।
सन् २०१४ सम्ममा
त्यस्तो मोबाइल फोन बजारमा
आउने एलजीको भनाइ
छ । उक्त
फोनमा ६ इन्चको
स्त्रिmन हुनेछ
र तौल केवल
७.२ ग्राम
हुनेछ ।
No comments:
Post a Comment