सासमुङले ल्यायो घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले घुमाउरो स्त्रिm भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको ग्यालेक्सी राउण्ड नाम दिइएको उक्त स्मार्टफोनको स्त्रिm . इन्चको रहेको अर्को वर्ष घुमाउरो स्मार्टफोन सार्वजनिक गर्ने एल जी ले घोषणा गरेको भोलिपल्टै सामसुङले सबैलाई चक्मा दिनेगरी यो घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको हो स्मरण रहोस् एल जी सामसुङ दुबैले लचिलो घुमाउरो स्त्रिm भएको टेलिभिजन समेत निर्माणमा जुटिरहेका छन्

रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर

डिफेण्डर रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर बनेका छन्। इण्डोनेशियाको लिग खेल्दै आएका रोहित कीर्तिमानी मूल्यमा मच्छिन्द्र क्लबमा आवद्ध भएका हुन्
महिनाका लागि मच्छिन्द्रमा आवद्ध भएका उनले मासिक लाख ५० हजार पारिश्रमिक पाउनेछन् यो नेपाली फुटबल खेलाडीले अहिलेसम्म पाएको सबैभन्दा धेरै पारिश्रमिक हो
मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका पूर्व कप्तान डेभिड वेकहृयामको जस्तै सम्झौता भनेको   ‘यो डेभिड वेकहृयामको जस्तै डिल हो’ क्लबका उपाध्यक्ष विप्लव गौतमले भन्नुभयो-’विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्म रोहितले हाम्रो लागी खेल्नेछन्  उनले मासिक डेढ लाख पाउनेछन्  टिमले राम्रो गरे बोनस पनि पाउने छन् 

निद्रा नलाग्ने समस्या छ ? त्यसो भए यसो गर्नुहोस्

व्यक्ति स्वस्थ रहन भरपूर निद्रा लिनु निकै आवश्यक हुन्छ । राम्ररी निदाउन पाइएन भने जिउ गह्रौँ हुन्छ । नियमित रुपमा निद्रा खल्बलिने वा पर्याप्त समय सुत्न नपाउने हो भने मानिस विरामी पनि पर्न सक्छ । कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ ।
अनिद्राको समस्याबाट पिरोलिएका मानिसहरु निदाउने उपायको खोजी गर्दै न्रि्रा लाग्ने विभिन्न औषधि समेत सेवन गरिरहेका हुन्छन् । यदि तपाइँमा पनि निद्रा नलाग्ने समस्या छ भने झ्वाट्टै औषधि खानतिर नलाग्नुस् । तपाइँले यसो गर्नुभयो भने अनिद्राको समस्या दूर हुनेछ ।

- प्याजको बाहिरी बोक्रा फ्याँकेर त्यसलाई पिँधेर रस निकाल्नुहोस् । प्याजको दुइ चम्चा रस दिनहुँ पिउने गर्नुहोस् । यसो गर्दा तपाइँलाई निद्रा पर्छ ।
- सुत्नु भन्दा दुइ घण्टा पहिले बेलुकीको भोजन गर्नुपर्छ । कहिल्यैपनि खाना खाने बित्तिकै सुत्ने नगर्नुहोस् । बेलुकाको खाना हल्का खानुहोस्, धेरै खानेकुरा नखानुहोस् । बेलुकीको खाना बढि खानाले निद्रा बिथोलिन्छ ।

कागतीलाई यसरी प्रयोग गरे फाइदै फाइदा…

कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभीन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ । कागतीका केहि औषधीय गुणहरू र तीनको प्रयोग विधी यस्ता छन्:
१. पेटको रोग: कागतीको रस सनाई पत्ती त्रिफला (हर्रो बर्रो अमला) र विरेनुन पिँधेर चनाको दाना बराबर गोली बनाएर बिहान-बेलुका दुईदुई गोली चिसो पानीसित सेवन गरे पेटसम्बन्धी सबै रोगमा आराम गर्छ ।
२. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन हुने समस्या आएमा कागतीको रसमा जाइफल घोटेर चाटे लाभ गर्दछ । दुई फ्याँक पारेको कागतीको सुठो र सिँधेनुन छरी आगोमा तताएर चुस्यो भने अजिर्ण रोगमा जाती गर्छ ।

थ्रीस्टार क्लबका प्रशिक्षक हुमागाइँद्वारा राजीनामा

डिभिजन लिग च्याम्पियन क्लब लक्ष्मी बैँक थ्रीस्टार क्लबका मूख्य प्रशिक्षक प्रदीप हुमागाईँले पदवाट राजीनामा दिनु भएको   हुमागाईँले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी प्रशिक्षकवाट राजीनामा दिएको घोषणा गर्नु भएको हो

उहाँले थ्रीस्टार क्लबले फुटबलमा थुप्रै लगानी गरेपनि फुटबल तथा खेलाडीका लागि व्यवसायिक नभएको आरोप लगाउनुभयो पत्रकार सम्मेलनमा हुमागाइँले भन्नुभयो,’खेल खेलाडीको शारिरीक फिटनेसले मात्रै खेल्ने होइन खेलाडीहरुलाई क्बलले खुशी राख्न सक्नु पर्छ खेलाडीहरु पनि क्लब व्यवस्थापनसंग असन्तुष्ट छन् त्यसैले मैले पद त्यागेको हुँ ’  हुमागाइँले थ्रीस्टार क्लबवाट आफूले धेरै कुरा सिकेको अब अन्य क्लबमा आबद्ध भएर त्यसको सदुपयोग गर्ने वताउनुभयो
उहाँले क्बलको तयारी अनुसार खेलाडीले मलेसियामा भएको फाइनल चरणको एएफसी पि्रसिडेन्ट कप फुटबलमा सन्तोषजनक प्रदर्शन गरेको दावी समेत गर्नु भयो

गुगलका यी १२ सुविधा सायद तपाईलाई थाहै छैन्...

गुगल विश्वमा सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सर्च इन्जिन साथै विभिन्न क्षेत्रमा हात हालेर आफ्नो छुट्टै अस्तित्व कायम गर्न लागिपरेको कम्पनी गुगलका सर्च इन्जिन नै सबैभन्दा ठुलो सम्पत्ति हो । गुगलले आफ्नो सुरूवातदेखी नै सर्च इन्जिन मार्फत विश्वमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

यही गुगलले आफ्नो सर्च इन्जिनका साथै उक्त सर्च इन्जिनमा धेरै सुविधाहरू दिने गर्छ । यस कारण पनि यसको प्रयोगकर्ताले यसलाई छाड्न सक्दैनन् । गुगलले केही यस्ता सुविधाहरू दिएको छ जुन धेरैलाई थाहा नहुन पनि सक्छ । केही सुविधा प्रयोग गरेको भएपनि सबै सुविधाबारे जानकारी भने धेरैले नराख्नुभएको हुन सक्छ । ती सुविधामध्ये १५ वटा सुविधा जुन गुगलले सर्च इन्जिनको साथमा दिने गर्छ, ती थाहा पाऔ...

फेसबुकमा उमेद्वारलाई गाली गर्न पाइँदैन : प्रजिअ गौतम

चुनावी सुरक्षा योजना चाँडै सार्वजनिक गरिने
निर्वाचन कार्यक्रम प्रारम्भ भई उमेद्वारी दर्ता भएका दिनदेखि टि्वटर, फेसबुक, युट्युव ब्लगलगायतका सामाजिक सञ्जालहरुमा कडा निगरानी गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताउनुभएको फेसबुक, टि्वटर युट्युवलगायतका सामाजिक सञ्जालमा उमेद्वारहरुको समर्थन वा प्रशंसा गर्न सकिने तर कसैको विरोधमा प्रचार गर्न नदिइने गौतमले अनलाइनखबरलाई बताउनुभयो


केही मुक्तक हरु

1
 मनै खाने उनको मुहार लुकी-लुकी हेरेँ, 
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ ||
 वर्ण कालो केश ति गाजलु आँखा |
 लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ ||


चुट किला


 एक जना डाक्टर पागल संग कुरा गर्दै :
 डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल : मैले एक जना बिधुवा संग बिहे गरें,
उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे
अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उमेरो बहिनि भइ तर
 म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ

डलर ११२ रुपैयाँ पुग्न सक्ने

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अकासिने क्रमसँगै मूल्यवृद्धि चुलिने भएको छ । भारतीय बजारको असरका कारण शुक्रबार एक डलर खरिद गर्न औसत १ सय ३ रुपैयाँ ५० पैसा खर्च गर्नुपर्ने भएको छ । सार्वजनिक बिदाका कारण बिहीबार बैंक नखुलेपछि डलरले वास्तविक वृद्धि पाएन । तर भारतीय बजारमा प्रभाव हेरेर शुक्रबारका लागि हालसम्मकै महँगो दर तोकिएको हो । बजार खुला रहेको भारतमा भने बिहीबार डलरको मूल्य ६५ रुपैयाँ -भारु) सम्म पुगेको थियो ।


वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ लिई ७७ जनालाई वैदेशिक रोजगारमा पठाएको आरोपमा ३५ जनालाई पक्राउ गरेको छ । अध्यागमन विभागका १८ र वैदेशिक रोजगार विभागका १७ कर्मचारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, कम्प्युटर अधिकृत- हिराध्वज कार्की, नायव सुब्बाहरु शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई, केशव बन्जारा, भाषा अनुवादक (करार) रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा, कार्यालय सहयोगी यशोधा थापा मगर छन् ।

आइटम चर्चा : सुष्माको फक्रिदो जोवन नछोपिएपछि

नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै 
चर्चामा आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।

गाउँदा गाउँदै गायिकाको पहिरन खसेपछि

अमेरिकन गायिका तथा कलाकार टोनी ब्रैक्स्टन सधै नै विभिन्न कुराले चर्चामा आइरहन्छिन् । सन् २००१ मा आयोजना भएको एक कार्यक्रममा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो । हालै मात्र टोनीले यस्तै एक बेइजती सहनु परेको छ । केही दिन अघि मात्र एक कार्यक्रममा गाउने क्रममा टोनीले लगाएको पहिरन खसेको थियो । लगाएको पहिरन खसेपनि गायिका टोनीले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् ।

चाँदनी



चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा एकाएक झसङ्ग ब्युझिएँ स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ बाध्य हुन्छु एल्बमका चहकिला तस्बिर नियाल्न हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाई सकेको अतितलाई हुकाई रहेकोेछु

निभि सकेको सलेदोमा फेरी बल्झाईको तेल थपेर सल्काईरहेको छु खाटा बसी सकेको घाउँबाट फेरी सम्झनाका पाप्रा उब्काउँदै छु मलाई सबै थाहा तर .....तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु अस्तिसम्म त्यहि घाउँको दुखाई खप्न नसक्दा कयौं रातलाई यी एकजोर निराश आँखा मंै लमतन्न सुताएको थिए कति सम्झनाका छरपस्टिएका बिस्कुनलाई एकै घाममा उठाएको पनि थिए मैले त्यो बिगत नै मेरो साक्षि, बाँकी रम जस्तै यो रातको सन्नाटा पनि निरुत्तरित छन यो क्षण। तिम्रो टुटी सकेको मायाका एक एक गेडिलाई बडा जतनकासाथ मेरो अतितको मालामा उनिरहेको छु यो अतितको माला जहाँ थरिथरिका स्मृतिका चम्किला गेडिहरुले सजिएको कहिले नओईलिने अनि कहिले नमक्किने मेरा यी स्मृतिका गेडिहरु तिनैसँग खेल्छु तिनैसँग रुन्छु तिनै सँग ठोक्किन्छु तिनैसँग बेलाबेला टुक्रिन्छु पनि