थ्रीस्टार क्लबका प्रशिक्षक हुमागाइँद्वारा राजीनामा

डिभिजन लिग च्याम्पियन क्लब लक्ष्मी बैँक थ्रीस्टार क्लबका मूख्य प्रशिक्षक प्रदीप हुमागाईँले पदवाट राजीनामा दिनु भएको   हुमागाईँले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी प्रशिक्षकवाट राजीनामा दिएको घोषणा गर्नु भएको हो

उहाँले थ्रीस्टार क्लबले फुटबलमा थुप्रै लगानी गरेपनि फुटबल तथा खेलाडीका लागि व्यवसायिक नभएको आरोप लगाउनुभयो पत्रकार सम्मेलनमा हुमागाइँले भन्नुभयो,’खेल खेलाडीको शारिरीक फिटनेसले मात्रै खेल्ने होइन खेलाडीहरुलाई क्बलले खुशी राख्न सक्नु पर्छ खेलाडीहरु पनि क्लब व्यवस्थापनसंग असन्तुष्ट छन् त्यसैले मैले पद त्यागेको हुँ ’  हुमागाइँले थ्रीस्टार क्लबवाट आफूले धेरै कुरा सिकेको अब अन्य क्लबमा आबद्ध भएर त्यसको सदुपयोग गर्ने वताउनुभयो
उहाँले क्बलको तयारी अनुसार खेलाडीले मलेसियामा भएको फाइनल चरणको एएफसी पि्रसिडेन्ट कप फुटबलमा सन्तोषजनक प्रदर्शन गरेको दावी समेत गर्नु भयो
हुमागाइँको प्रशिक्षणमा थ्रीस्टार क्लबले एक वर्षमा तीनवटा महत्वपूर्ण उपाधि उचालेको थियो

हुमागाइँले थ्रीस्टार क्ल्बलार्इ  डिभिजन लिग, उदयपुर गोल्डकप तथा आहा रारा गोल्डकप फुटबलको उपाधि दिलाउनु भएको थियो

No comments: