धन्यवाद !

........आज म परीको घर भएर तपाईंहरु समक्ष उपस्थित भएको छु। आशा छ पक्कै पनि मलाई तपाईंहरुको अमूल्य सुझाब सल्लाह पठाएर मलाई अगाडि बाढ्न प्रेरित गर्नु हुनेछ । मैले एउटा कुरा आत्मसात गर्दै तपाईंहरु समक्ष आएको छु जुन मान्छे जन्मदै सबै जानेर जन्मेको हुँदैन र म पनि एउटा यो मौसममा धनको बिउ राखेजस्तो आफुलाई राखेको छु । जस्तो त्यो धानको बिउ योग्य हुनलाई पनि धरै कुरोको हात हुन्छ त्यसलाई, मलाई यो बाटोमा अगाडि बढनलाई पनि तपाईंहरुको कमेन्टस् जरुरी छ । तपाईंहरुको अमूल्य शब्दहरुको आवश्यकता छ । मलाई यो ब्लग शुरु गर्नुमा मेरो प्रिय मित्रको ठूलो हात छ । वहाँकै प्रेरणामा आज मलाई कलम चलाऊन हौसाएको छ । त्यसैले मित्रलाई धरै-धरै धन्यवाद दिन चाहन्छु ।