निद्रा नलाग्ने समस्या छ ? त्यसो भए यसो गर्नुहोस्

व्यक्ति स्वस्थ रहन भरपूर निद्रा लिनु निकै आवश्यक हुन्छ । राम्ररी निदाउन पाइएन भने जिउ गह्रौँ हुन्छ । नियमित रुपमा निद्रा खल्बलिने वा पर्याप्त समय सुत्न नपाउने हो भने मानिस विरामी पनि पर्न सक्छ । कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ ।
अनिद्राको समस्याबाट पिरोलिएका मानिसहरु निदाउने उपायको खोजी गर्दै न्रि्रा लाग्ने विभिन्न औषधि समेत सेवन गरिरहेका हुन्छन् । यदि तपाइँमा पनि निद्रा नलाग्ने समस्या छ भने झ्वाट्टै औषधि खानतिर नलाग्नुस् । तपाइँले यसो गर्नुभयो भने अनिद्राको समस्या दूर हुनेछ ।

- प्याजको बाहिरी बोक्रा फ्याँकेर त्यसलाई पिँधेर रस निकाल्नुहोस् । प्याजको दुइ चम्चा रस दिनहुँ पिउने गर्नुहोस् । यसो गर्दा तपाइँलाई निद्रा पर्छ ।
- सुत्नु भन्दा दुइ घण्टा पहिले बेलुकीको भोजन गर्नुपर्छ । कहिल्यैपनि खाना खाने बित्तिकै सुत्ने नगर्नुहोस् । बेलुकाको खाना हल्का खानुहोस्, धेरै खानेकुरा नखानुहोस् । बेलुकीको खाना बढि खानाले निद्रा बिथोलिन्छ ।


- अनिद्राको समस्या भोगिरहेका हरुका लागि दुधको सेवन निकै लाभदायी हुन्छ । राति सुत्नुभन्दा पहिले एक गिलास मनतातो दुध पिउनुहोस् । यसबाट सरीरलाई तुरुन्त शक्ति प्राप्त हुन्छ । जसका कारण सरीरमा स्फर्ूर्ति प्राप्त हुन्छ र मस्तिष्कको काम कारवाही सन्तुलित हुने र सजिलैसँग निद्रा पर्ने हुन्छ ।
- गुलियो पदार्थको सेवन निद्रा लगाउने कुरामा सहायक सिद्ध हुन्छ । रातको समयमा सुत्नु भन्दा पहिले चकलेट, गुड वा कुनै गुलियो पदार्थ खानुहोस् अनि दाँत माझेर सुत्नुहोस् । यसले अनिद्राको समस्या कम गर्न सहयोग पूराउँछ । तथापि मधुमेहका रोगीका लागि यो काइदा अनुपयुक्त हुन्छ । सुत्ने बेलामा धेरै गुलियो पदार्थ खानु जो कोहीका लागि पनि हानिकारक हुने भएकाले निकै थोरै मात्र गुलियो पदार्थ सेवन गर्नुपर्छ ।
- बिहान सबेरै उठेर मर्निङ वाकमा निस्कनुहोस्, योगा गर्नुहोस् । गाउँघरतिर हो भने बिहानै उठेर खेतबारी तिर एक छिन टहलिनुहोस् अनि घरधन्दा गर्नुहोस् । बिहान सधै घाम ताप्नुहोस्, यसले सरीरमा मेलाटोनिन हर्मोनको उत्पादनमा सहयोग पुराउँछ जो निद्रा लगाउन सहायक सिद्ध हुन्छ । दिउसो चिया धेरै नपिउनुहोस् ।
- नियमित व्यायाम र सन्तुलित तथा स्वस्थ खानपानमा ध्यान दिनुहोस् । तनाव घटाउनुहोस् ।

No comments: