कागतीलाई यसरी प्रयोग गरे फाइदै फाइदा…

कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभीन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ । कागतीका केहि औषधीय गुणहरू र तीनको प्रयोग विधी यस्ता छन्:
१. पेटको रोग: कागतीको रस सनाई पत्ती त्रिफला (हर्रो बर्रो अमला) र विरेनुन पिँधेर चनाको दाना बराबर गोली बनाएर बिहान-बेलुका दुईदुई गोली चिसो पानीसित सेवन गरे पेटसम्बन्धी सबै रोगमा आराम गर्छ ।
२. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन हुने समस्या आएमा कागतीको रसमा जाइफल घोटेर चाटे लाभ गर्दछ । दुई फ्याँक पारेको कागतीको सुठो र सिँधेनुन छरी आगोमा तताएर चुस्यो भने अजिर्ण रोगमा जाती गर्छ ।



३. कब्जियतमा: बढी साह्रो दिशा हुने रोगमा कागतीको रसमा चीनी मिसाएर खानाले लाभ हुन्छ ।
४. कान दुखेमा: कागती र अदुवाको रस मिसाएर दुईदूइ थोपा कानमा चुहाए निको हुन्छ ।
५. कपाल झर्नेमा: कागतीको रसमा अमलाको दाना घोटेर लगाउने गरे कपाल झर्न रोकिन्छ ।
६. जुका परेमा: चुर्ना वा जुका परेमा कागतीको बोक्रा अथवा जराको काढाँ पकाएर खान दिए किरा मर्छन् र रोग निको हुन्छ ।
७. रतन्धोमा: दिनहुँ राती सुत्ने बेलामा दुई थोपा कागतीको रस आँखामा केही दिन लगातार चुहाउने गरे राति आँखा नदेख्ने रोग निको हुन्छ ।
८. रगत सफा गर्ने कार्यमा: एक मासा जति कागतीको रसमा त्यतिनै पानी मिलाएर पिए केहि दिनमा रगत सफा हुन्छ।
९. अलकाईमा: कागती काटेर नुन छर्दै चुस्ने अथवा जाइफलको धूलो र चिनी छरेर चाटे पनि अलकाईमा लाभ गर्छ ।
१०. संग्रहणीमा: यस रोगमा जे जस्तो खायो त्यस्तै दिशा हुन्छ । यसको निदानका लागी कागती दुई फ्याक पारेर एउटामा नून र अर्कामा चिनी हालेर चाटे लाभ गर्दछ । कागतीको दुवै फ्याँक एकैछिन आगोमा तताएर पालैसित चुसे पनि लाभ गर्दछ र मटरको दाना जति अफीम पानीसित खाए पनि दिशा थामिन्छ ।

No comments: