आइटम चर्चा : सुष्माको फक्रिदो जोवन नछोपिएपछि

नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै 
चर्चामा आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।
तर उनले अभिनय गरेको चलचित्र ‘विन्दास २’ मा भने उनी नायिकासँगै आइटम गर्लको रुपमा देखिदैछिन् । मधुकुमार श्रेष्ठको निर्माणमा राजु गिरीले निर्देशन गरेको यो चलचित्र तिहारको अवसर पाररे प्रदर्शनमा आउँदैछ । चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, अनिशा गुरुङ, सुशांक कार्की, मधुकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘छोपिएन मेरो’ बोलको गीत सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको आवाज छ । होमनाथ गुरुङले लेखेको यो गीतको भिडियोलाई राजेन्द्र सापकोटोले खिचेका हुन् । शीव वीकको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।
भिडियोमा नायिका कार्की आफ्नो जोवन नछोपिएको कुरा गर्दैछिन् । ‘विन्दास’ सफल भएपछि यसको निर्माणपक्षले सिक्वेलको रुपमा विन्दास २ निर्माण गरेको हो ।

No comments: