डिफेण्डर रोहित चन्द सर्वाधिक
महंगा नेपाली फुटबलर
बनेका छन्। इण्डोनेशियाको
लिग खेल्दै आएका
रोहित कीर्तिमानी मूल्यमा
मच्छिन्द्र क्लबमा आवद्ध भएका
हुन् ।
४ महिनाका लागि मच्छिन्द्रमा
आवद्ध भएका उनले
मासिक १ लाख
५० हजार पारिश्रमिक
पाउनेछन् । यो
नेपाली फुटबल खेलाडीले अहिलेसम्म
पाएको सबैभन्दा धेरै
पारिश्रमिक हो ।
मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका पूर्व कप्तान डेभिड वेकहृयामको जस्तै सम्झौता भनेको छ । ‘यो डेभिड वेकहृयामको जस्तै डिल हो’ क्लबका उपाध्यक्ष विप्लव गौतमले भन्नुभयो-’विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्म रोहितले हाम्रो लागी खेल्नेछन् । उनले मासिक डेढ लाख पाउनेछन् । टिमले राम्रो गरे बोनस पनि पाउने छन् ।’
रोहितले आफ्नो लक्ष्य विदेशी
क्लबबाटै खेल्ने भएको भन्दै
आफूहरुसँग रहेको ३-४ महिना नेपालकै क्लबाट
खेल्न लागेको बताए
। रोहितले मच्छिन्द्रबाट
३२ नम्बरको जर्सीमा
खेल्नेछन् ।
रोहितले मच्छिन्द्रबाटै क्लब करियर
सुरू गरेका थिए
। भारतमा एक
सिजन खेलेका उनले त्यसपछि
इण्डोनेशियामा २ सिजन
खेलेका थिए ।
No comments:
Post a Comment