फेसबुकमा उमेद्वारलाई गाली गर्न पाइँदैन : प्रजिअ गौतम

चुनावी सुरक्षा योजना चाँडै सार्वजनिक गरिने
निर्वाचन कार्यक्रम प्रारम्भ भई उमेद्वारी दर्ता भएका दिनदेखि टि्वटर, फेसबुक, युट्युव ब्लगलगायतका सामाजिक सञ्जालहरुमा कडा निगरानी गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताउनुभएको फेसबुक, टि्वटर युट्युवलगायतका सामाजिक सञ्जालमा उमेद्वारहरुको समर्थन वा प्रशंसा गर्न सकिने तर कसैको विरोधमा प्रचार गर्न नदिइने गौतमले अनलाइनखबरलाई बताउनुभयो


निर्वाचन कार्यक्रम लागू भई उमेद्वारी दर्ता गरिसकेपछि हामी सामाजिक सञ्जालमा कडा निगरानी राख्छौं ’ प्रजिअ गौतमले सोमबार अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘अहिलेसम्म फेसबुक  टि्वटरमा जेजस्तो भए पनि उमेद्वारी मनोनयपछि कसैको विरुद्ध यसरी प्रचार गर्न पाइन्न ’ तरसामाजिक सञ्जालमा कुनै पनि उमेद्वारको समर्थनमा वा सकारात्मक विषयमा भने प्रचार गर्न पाइने उहाँले बताउनुभयो 
चुनावी सुरक्षा योजना केही दिनमै
यसैवीच प्रजिअ गौतमले दुई/तीन दिनभित्रै काठमाडौंको चुनावी सुरक्षा योजना सार्वजनिक गरिने बताउनुभयो निर्वाचन गराउने जिम्मेवारी जिल्ला निर्वाचन आयोग प्रमुख जिल्ला अधिकारीको भएको बताउँदै यहाँले चुनावी सुरक्षाको जिम्मेवारी आफूले निर्वाह गर्ने बताउनुभयो
राजधानीमा कार्यरत् ६० वटा मिडियामा आवद्ध पत्रकारहरुका लागि आयोजना गरिएको दुईदिने चुनावी प्रशिक्षणमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सोमबार प्रजिअ गौतमले मुलुक अब निर्वाचनतर्फ होमिएको बताउनुभयो

जिल्ला निर्वाचन कार्यालयले सोमबारदेखि नयाँ बानेश्वरको इन्द्रेणी फाष्टफुडमा पत्रकारहरुलाई दुईदिनसम्म तालिम शुरु गरेको तालिममा टेलिभिजन, पत्रपत्रिका, अनलाइन रेडियोमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता उनीहरुलाई निर्वाचन आचारसंहिता चुनावी रिपोर्टिङका विषयमा प्रशिक्षित गरिने आयोगले जनाएको तालिमको उद्घाटन गर्दै सोमबार काठमाडौंका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अच्युत विष्टले आइतबारदेखि नै आफूहरु कार्यालय खोलेर काममा जुटेको बताउनुभयो नयाँ बानेश्वरमा काठमाडौंका १० वटै निर्वाचन अधिकृतहरुको कार्यालय खोलेर हामीले हिजैबाट काम शुरु गरेका छौं विष्टले भन्नुभयो

No comments: