यो चिठी पठाउने कहाँ छौ तिमी....?

 












सपना जगाउने कहाँ छौ तिमी....?
म रुठे मनाउने कहाँ छौ तिमी....?

आँखाको वरिपरी छाएर सँधै....
झ- झल्को दिलाउने कहाँ छौ तिमी....?

बेला बेला मनको स्पर्श गरेर....
सदैव सताउने कहाँ छौ तिमी....?

काहानी सुनाएर कहिले काँही....
मुसुक्क...हँसाउने कहाँ छौ तिमी....?

पिडाले भरिपुर्ण प्रेम भावको....
यो चिठी पठाउने कहाँ छौ तिमी....?

No comments: