सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट

यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डारइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन । सफ्टवेयरलाई उत्पादन र स्वामित्वका दृष्टिले व्यावसायिक र ‘फ्रि एण्ड ओपन सोर्स’ गरी दुई प्रकारमा बाँड्न सकिन्छ । इन्टरनेटको दुनियामा कम्प्युटर सफ्टवेयर निशुल्क डाउनलोडको सुविधा दिने धेरै साइटहरु छन् । यस्तो सुव
िधाका लागि विश्वमा नै नाम कहलिएका साइटहरु निम्न छन् ।

डाउनलोड डट कमः (www.download.com) यो वेबसाइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै नाम चलेको साइट हो । यसमा विन्डोज तथा म्याकका सफ्टवेयर, मोवाइल एप्लिकेसन सहित अन्य वेब एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । विभिन्न एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम पनि यसबाट डाउनलोड गर्न सकिन्छ ।

सफ्ट ३२ डट कमः (www.soft32.com) यो साइटमा पनि कम्प्युटर गेम, भ्वाइस तथा भिडियो च्याट, आइफोन एप्लिकेसन, वेब डेभलप्मेन्ट र डिजाइनसँग सम्बन्धित शयौँ सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ ।

जेड डि नेटः (www.zd.net यो साइटले डाउनलोड गर्न सजिलो होस् भनेर उपलब्ध सफ्टवेयरलाई विभिन्न २१ ओटा क्याटेगोरीमा बाँडेको छ। बा्रउजर, व्यवसायिक सफ्टवेयर, सञ्चारसँग सम्बन्धित सफ्टवेयर, डा्रइभर, भिडियो गेम, टा्रभलसँग सम्बन्धित कम्प्युटर पो्रगा्रम आदि यो साइटमा उपलब्ध छन् ।

सफ्टपेडिया डट कमः (www.softpedia.com) लिनक्स, विन्डोज तथा म्याकका विभिन्न सफ्टवेयर यो साइटबाट डाउनलोड गर्न पाइन्छ । त्यति मात्र होइन, यो साइटमा ठुलो संख्यामा मोबाइल एप्लिकेसन र भिडियो गेम पनि डाउनलोड गर्न सकिन्छ ।

फाइलक्लस्टर डट कमः (www.filecluster.com) ओपन सोर्स सफ्टवेयर डाउनलोड गर्नका लागि यो साइट पनि निकै प्रयोग गरिन्छ । यसबाट विन्डोज, म्याक लागायतका विभिन्न अपरेटिङ सिस्टमका सफ्टवेयर, मोवाइल एप्लिकेसन, एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम डाउनलोड गर्न सकिन्छ । त्यस्तै क्यामेरा, मदरबोर्ड तथा किबोर्डका डा्रइभर पनि डाउनलोड गर्न सकिन्छ ।

फाइलहिप्पो डट कमः (www.filehippo.com) यो साइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै प्रउोग गरिन्छ । बा्रउजर तथा प्लगिन्स, डेस्कटप एप्लिकेसन, फोटो, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो भिडियो पो्रगा्रम आदि यो साइटमा निशुल्क डाउनलोड गर्न सकिन्छ । यो साइटमा शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।

मोबाङ्गो डट कमः (www.mobango.com) यो साइट मोबाइल एप्लिकेसन डाउनलोड गर्नका लागि चर्चित मानिन्छ । यसमा मोबाइलका लागि चाहिने सफ्ट्वेयर, गेम, भिडियो, रिङटोन तथा वालपेपर समेत डाउनलोड गर्न सकिन्छ ।

टुकाउज डट कमः (twocows.com) तीब्र गतिमा एप्लिकेसन तथा सफ्ट्वेयर डाउनलोडका लागि यो वेबसाइटलाई निकै रुचाइन्छ । यो साइटमा पनि सयौँ नयाँ पुराना सफ्टवेयर
संग्रहित छन् जुन आवस्गकता अनुसार निशुल्क डाउनलोड गर्न सकिन्छ । यसमा सफ्ट्वेयरका अतिरिक्त तिनलाई कसरी प्रयो गर्ने भन्ने ट्युटोरियल समेत डाउनलोड गर्न सकिन्छ ।

फ्रिवेर फाइल्स डट कमः (www.free-ware-files.com) यो वेबसाइट ओपन सोर्स सफ्टवेयर तथा एप्लिकेसन निशुल्क डाउनलोड गर्न सकिन्छ । बा्रउजर, विभिन्न सफ्टवेयरका प्लगिन्स, डेस्कटप एप्लिकेसन, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो तथा भिडियो एप्लिकेसन गरी शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।

ब्रदरसफ्ट डट कमः (www.brothersoft.com) विन्डोज, लिनक्स, म्याक जस्ता अपेटिङ सस्टमका विभिन्न सफ्टवेयर, बा्रउजर, अडियो भिडियो एप्लिकेसन, मोबाइल एप्लिकेसन, एन्टिभाइरस
आदि यो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । यि बाहेक अन्य शयौँ ओपन सोर्स सफ्टवेयर पनि यो साइटमा डाउनलोडका लागि उपलब्ध छन् ।

No comments: