रिसाएको मन फकाउने कोसिस गर्दै छु


रिसाएको मन फकाउने कोसिस गर्दै छु
रोएको मन हसाउने कोसिस गर्दै छु

राम्री छिन समज्दारी साथ पाए उन्को भने
अब घरजम बसाउने कोसिस गर्दै छु

बार गते ज्योतिषीलाई साइत हेराएर
लगन गाठो कसाउने कोसिस गर्दै छु

जुनी भरि उनीलाई मनको रानी बनाएर
रिसाएको मन फकाउने कोसिस गर्दै छु

1 comment:

Anonymous said...

good keep it up!!!!!!!!!